Connect with us
Advertisement

चुनावमा प्रतिबद्धता गरेका वाचा ७५ प्रतिशत पूरा भएका छन्: रोहित कार्की

Published

on

तराईको जिल्ला भए पनि पहाडी भूभाग समेटिएको केराबारी गाउँपालिकामा पर्यटकीय क्षेत्र प्रशस्तै छन् । प्रचारप्रसारको अभावमा ती ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रसम्म पुग्ने बाटोको अभाव ठूलो समस्याको रुपमा रहेको छ । केराबारी गाउँपालिकामा भएका सम्भावना र चुनौती तथा गाउँपालिकाले हालसम्म गरेका काम र आगामी प्राथमिकताका बारेमा गाउँपालिका अध्यक्ष रोहित कार्कीसँग गरिएको कराकानीको सम्पादित अंश

केराबारी गाउँपालिकामा पर्यटनको क्षेत्रमा कसरी विकास गरिरहनुभएको छ ?
केराबारी गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गरिएको छ र पर्यटकीय क्षेत्रको भौतिक विकासमा लागिएको छ । जेफाले, तोपगाछीजस्ता पर्यटकीय क्षेत्रको डीपीआर निर्माण गरेर संघीय सरकारसँग बजेट मागेका छौँ । गाउँपालिकाबाट पनि बजेट छुट्याएका छौँ । यस्तै ध्वजेडाँडा, पार्वती गुफा, सप्तकन्या गुफालगायतका ठाउँमा हामीले बाटो पुर्याएका छौँ । होम स्टेको विकास गर्दै छौँ । अन्य नयाँनयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास पनि गर्दै जाने छौँ ।

कृषि क्षेत्रमा चाहिँ कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
यो वर्ष कृषिमा हामीले राम्रो रकम छुट्याएका छौँ । विशेष गरेर वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरूलाई लक्षित गरेका विभिन्न खालका कार्यक्रम राखेका छौँ । कृषियोग्य भूमि बाँझो नराख्ने अभियान चलाउँदैछौँ । किसानलाई ज्ञान र सीप प्रदान गर्नका लागि सहज होस् भनेर कृषि प्राविधिकको व्यवस्था गर्न लागेका छौँ । चाँडै कृषि प्राविधिक राखेर काम अगाडि बढाउँछौँ ।

कृषि उपजलाई बजारसम्म पुर्याउनका लागि कृषि सहकारीसँग सहकार्य गरेर गाडीको समेत व्यवस्था गरेका छौँ । मौरीपालन, पशुपालन, बेमौसमी तरकारी, च्याउ खेतीलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । हरेक घरले ५ वटा फलफूलका बिरुवा रोप्ने अभियान चलाएका छौँ । कृषिमा जम्मा १ करोड २८ लाख बजेट छुट्याएका छौँ ।

रोजगारीका क्षेत्रमा कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
मूलतः केराबारी गाउँपालिकाको रोजगारीको क्षेत्र भनेको कृषि नै हो । हामीले किसान समूह बनाएर बाख्रापालन लगायतका कार्यक्रम ल्याएका छौँ । त्यस्तै गोठ सुधारका लागि अनुदानको व्यवस्था गरेका छौँ । माछापालन र मौरीपालनका लागि आधुनिक घार वितरण गर्दै छौँ । आधुनिक कृषि औजार पनि वितरण गर्दैछौँ । यसका साथै हामी कृषि परिचयपत्र बनाएर वितरण गर्दैछौँ । हामी ठाउँअनुसारको बाली लगाउनका लागि माटो परीक्षणको व्यवस्था पनि चाँडै गर्दैछौँ ।

केराबारीलाई बाढीपहिरोबाट बचाउन तटबन्ध निर्माणलगायतका केके काम गर्दै हुनुहुन्छ ?
केराबारीको दक्षिणी भागमा बाढीपहिरो र कटानको त्यति समस्या छैन तर उत्तरी भागमा सानासाना खहरे खोलाले निकै क्षति गर्छ । हामीले खोला कटान नियन्त्रणको काम गर्नका लागि बजेट छुट्याएका छाँै र काम पनि भइरहेको छ । यसका साथै राष्ट्रपति चुरे संरक्षण कार्यालयबाट पनि खोला कटान नियन्त्रण, तटबन्धन नियन्त्रणलगायतका काम भइरहेका छन् । भलुवा खोलामा चाहिँ जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट मेरै पहलमा ६\७ करोडको काम भइरहेको छ ।

आदिवासी, जनजाति, महिला, सीमान्तकृत, र पिछडिएको वर्गका लागि कसरी काम गर्दै हुनुहुन्छ ?
केराबारी गाउँपालिका सबै जातजातिका मानिसहरू मिलेर बसेको ठाउँ हो । सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्गको उत्थानका लागि उनीहरूको आवश्यकतालाई ध्यानमा राखेर हामीले त्यही अनुसारका कार्यक्रम तय गरेका छौँ । साथै विभिन्न सीपमूलक तालिमहरूको व्यवस्थासमेत गरेका छौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नगरपालिकालाई कस्तो असर गर्याे ?
कोरोनाको कहर विश्वभर नै छ । यसबाट केराबारी गाउँपालिका अछुतो रहने कुरै भएन । केराबारीका प्रायः सबै क्षेत्रमा कोरोनाले असर गर्यो । शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्र प्रभावित भए । केही मानिसहरू संक्रमित पनि हुनुभयो । अहिले निको भइसक्नुभएको छ । बाहिरबाट आउनुभएका केही मानिसहरू अझै पनि क्वारेन्टिनमा हुनुहुन्छ ।

चुनावमा वाचा गरेमध्ये कति योजना पूरा भए, कति पूरा हुने क्रममा छन् ?
मैले चुनावमा प्रतिबद्धता गरेका ७५ प्रतिशत पूरा भएका छन् । केही पूरा हुने क्रममा छन् । हामीले गत वर्ष ३० किलोमिटर सडक कालोपत्रे गरेका छौँ । अन्य विकास निर्माणका काम पनि गरेका छौ । हाम्रै कार्यकालमा सबै वडा कार्यालय निर्माण गरिसक्ने योजना छ । गाउँपालिकाको भवन पनि बनाइसक्ने छौँ । गाउँपालिकास्तरीय अस्पताल पनि बनाउने छौँ । कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्नेछौँ ।

खानेपानीको क्षेत्रमा कस्ताकस्ता काम गर्दै हुनुहुन्छ ?
केराबारीमा खानेपानीमा केही समस्या छ । तर विभिन्न खानेपानी आयोजनालाई एकीकृत गरिरहेका छौँ । यसलाई व्यवस्थित गर्नेछौँ । साथै विभिन्न क्षेत्रमा डिप बोरिङको व्यवस्था गरेका छौँ । धेरै ठाउँमा ट्याङ्की बनाउँदैछौँ । बजार क्षेत्रमा ढलको व्यवस्था गर्दैछौँ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

२ जेठ, २०८१ – बुधवार – आजको राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading

Banner

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६

Published

on

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६…🤔😳
मुद्दा हेर्दाहेर्दैमा राखिएको निर्णय सुनाइसकेपछि सबै खुरुखुरु बाहिर निस्किए । न्यायाधीशद्वय भट्ट र उप्रेती भित्रै थिए । सन्दीप पक्षका एकजना वकिल पनि थिए । यत्तिकैमा गौशाला-२६ की वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन । भित्र पस्नासाथ शान्तिले गौशालालाई केही इशारा गरिन् । त्यसपछि गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन् । न्यायाधीशद्वयले सम्झाइबुझाइ गरेपछि उनी निस्किएको स्रोतले बतायो । यो घटनालाई सन्दीपका वकिलहरुले असामान्यरुपमा लिएका छन् । गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको उनीहरुको आरोप छ । नेपालप्रेसबाट…
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक